बिश्वासको मतका लागि तेश्रो पटक मिति तय, एमालेसँग अंझै छलफल भएन
2024/05/13, 4:53
 
ss

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मतको लागी तेस्रो पटक मिति तोकेका छन् । यस अघि वैशाख २१ र २२ गते विश्वासको मतको लागि तयारी गरेका मुख्यमन्त्री सोडारीले तयारी गरेका थिए ।एमालेले तत्काल विश्वासको मत नदिने भए पछि अन्तिम समयमा उनी पछि हटे र अर्को सूचना जारी नहुँदा सम्मको लागी बैठक स्थगित गरिएको थियो । आज फेरि जेठ ३ गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार जेठ ३ गते बिहीबार बिहान १०स् १५ बजे प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभाको बैठक आह्वान गरिएको छ । जेठ ४ गते सम्म मुख्यमन्त्री सोडारीले विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

एमालेसगं छलफल भएन
मुख्य समर्थक दल एमाले प्रदेश संसदीय दलले विश्वासको मत दिने नदिनेमा भने अझै मुख खोलेको छैन। संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आफूहरूसँग मुख्यमन्त्रीले कुनै छलफल नगरेको बताए। उनले पार्टी केन्द्रबाट आउने निर्देशनअनुसार गर्ने बताए। ‘अहिलेसम्म कुनै निर्देशन आएको छैन,’ उनले भने। एकीकृत समाजवादीबाट मुख्यमन्त्री भएका सोडीरीले यसअघि वैशाख २१ र २२ गते विश्वासको मत लिने तयारी गरेका थिए। एमाले विश्वासको मत दिन तयार नभएपछि बैठक स्थगित भएको थियो।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुख सहित ११, नेकपा एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वत्रन्त्रका एकरएक सांसद रहेका छन्।