सुदुरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशनले कुनैपनि बिधेयक पास गर्न सकेको छैन । गत माघ ५ गते सुरु भएको हिउँदे अधिवेशनको अवधिमा प्रदेशसभा सचिवालयमा दर्ता भएका चारवटा विधेयकमध्ये कुनै पनि विधेयक पारित हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । यो अवधिमा सरकारले बिश्वासको मत लिने बाहेक कुनै बिधेयक पास हुन नसकेको हो ।
गत फागुन १७ गते सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको थियो । त्यस्तै माघ २४ गते सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएकोमा प्रदेश सभामा सैद्धान्तिक छलफल समाप्त भएको थियो । माग १७ सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएकोमा दफावार छलफलको लागि सामाजिक विकास समितिमा पठाइएको थियो । माग २४ गते प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएकोमा दफावार छलफलको लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाउनेबाहेक कुनै काम भएको छैन् ।
यि मध्ये कुनै बिधेयक पारित नभई प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार हिउँदे अधिवेशन अन्त्य गरेका हुन् । बिहिबार प्रदेशसभा सचिवालयले सुचना टासँ गरी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको जानकारी गराएको हो । सुचना टासँ गरेर अधिवेशन अन्त्य गरिनुले समस्याको समाधान नहुने काग्रेंसको तर्क छ । नेपाली काग्रेंस संसदिय दलका नेता समेत रहेका निबर्तमान मुख्यमन्त्री कमल बहादुर शाहद्वारा हस्ताक्षरित बिज्ञप्तीमा संवाद र छलफलका माध्यमबाट समस्याको समाधान खोज्न चाहे पनि सरकारले अचानक चालु अधिवेशन अन्त्य गरेको भन्दैसो कार्यबाटसार्वभौमसत्ता सम्पन्न संसद्को मर्यादा कुण्ठित भएको उल्लेख गरिएको छ । काग्रेंसले अधिवेशन अन्त्य गर्ने निर्णयको विरोध गरेको छ ।