सुदूरपश्चिममा आगलागीबाट करिब ७ करोडको क्षति
2024/06/01, 7:32
 
ss

यस वर्ष सुदूरपश्चिममा आगलागीका घटना बढेका छन्। प्रदेशका नौवटै जिल्लामा गरी आगलागीबाट करिब ७ करोडको धनमाल नोक्सानी भएको छ।

बुधबार मात्र कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा आगलागी हुँदा ३ पसलमा क्षति पुगेको छ। लालपुर चौराह नजिकै रहेको न्यू भुवन हार्डवेयर, भैरव एग्रोभेट र एमजे जुत्ता पसलमा आगलागी भएको हो। आगलागीबाट करिब साढे ४२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक ९डिएसपी० गंगबहादुर थापाले बताए।

आगलागी भएको न्यू भुवन हार्डवेयरमा सबैभन्दा बढी क्षति भएको छ। आगलागीबाट न्यू भुवन हार्डवेयर भने जलेर पुरै नष्ट भएको प्रहरीले जनाएको छ। नजिकै भएकाले अन्य पसलहरुमा भने आंशिक क्षति पुगेको छ। बुधबार दिउँसो लागेको आगो गोदावरी दमकल, प्रहरी र स्थानीय मिलेर निभाएका थिए।

आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा ११ जनाको प्रहरी टोली खटिएको थियो। हिजो ९विहिबार० सम्म सुदूरपश्चिममा आगलागीका दुई सय ३४ घटना घटेका छन्। ती घटनामा परेर ७ महिला र ४ पुरुष गरेर ११ जनाको मृत्यु भएको छ।

१२ पुरुष र १६ महिला गरी २८ जना घाइते हुन पुगेका छन्। आगलागीबाट दुई सय ६२ परिवार प्रभावित बन्न पुगेका छन्। २५ पूर्ण र ३६ घरमा आंशिक क्षति पुगेको छ। ६७ गोठमा आगलागी भएर ९३ पशु चौपायामा क्षति पुगेको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ। सुदूरपश्चिममा २९ वन जंगलमा समेत आगलागी भएको छ। ती आगलागीका घटनाबाट २३ लाख ६० हजारको क्षति भएको विवरणमा उल्लेख छ।