सुदूरपश्चिमको विकासका लागि आस्था भन्दामाथि उठौंः मन्त्री जोशी
2024/06/01, 7:34
 
ss

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सुदूरपश्चिमको विकासका लागि आस्था भन्दामाथि उठेर काम गर्नुपर्ने बताएको छ। सो मन्त्रालयद्वारा शनिबार धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले हामीले सुन्दर सुदूरपश्चिम भनेका छौँ तर व्यवहारमा पनि सुन्दर नै हुनुपर्ने चर्चा गर्नुभयो।

फरक प्रसङ्गमा उहाँले सुदूरपश्चिमका युवा विदेशिने खासगरेर भारत जाने अवस्थाको अन्त्य गर्न तीनै तहका जनप्रतिनिधि र सरकारले गम्भीर ढङ्गले योजना बनाएर अघि बढ्नु पर्ने बताए। मन्त्री जोशीले अस्थिरताका कारण बजेटमाथि राम्रो छलफल हुन नपाएकोले सुदूरपश्चिमलाई गर्नुभयो। अहिले पनि केही गर्न सक्ने अवस्था भए समेट्ने प्रयास गर्नेछु उहाँले प्रतिबद्धता जनाए।

सङ्घीय मामिला तथा सामान्य मन्त्रालयले कार्यक्रममा नक्सा पास प्रक्रिया र विद्युतीय नक्सापास प्रणाली सम्बन्धमा छलफल समेत गरेको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, मुख्य सचिव डा। हरिप्रसाद लम्साल लगायतको उपस्थिति रहेको थियो।