धनगढीको श्रमाधान रोजगार मेलामा २६ सय बढीले मागे रोजगारी
2024/06/12, 2:49
 
dd

 धनगढीमा सम्पन्न श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । जेठ २७ र २८ गते सम्म सञ्चालित मेला सम्पन्न भएको हो । श्रम तथा रोजगार सामाजिक शुरक्षा मन्त्रालय, सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको आयोजनामा शुरु भएको मेला सम्पन्न भएको हो । कैलालीको टिकापुर नगरपालिका र कञ्चनपुरको भिमदत्त नगरपालिका समेत मेलाको आयोजक रहेका थिए, भने सुदुरपश्चिमका निजि सघं संस्थाहरुले संयोजन गरेका थिए । २८ गते सम्पन्न रोजगार मेलामा दुई हजार ६ सय ६९ जनाले रोजगारीका लागी आवेदन भरेका छन् । दुई हजार ४ सय ६ पदका लागी आवेदन माग गरिएकोमा माग भन्दा अढाई सय बढी निवेदन परेका हुन् ।

मेला मुल आयोजक समितिका अनुसार रोजगारीका लागी निवेदन दिएकाहरु मध्ये ८५ जनालाई सिफारिस गरिएको छ । तत्काल ८५ जनालाई रोजगारीका लागी सिफारिस गरेका छौँ श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयका उप-सचिव बसन्त बोहराले भने “अरु प्रक्रियामा हुनुहुन्छ, उहाँहरुको दक्षता कुन क्षेत्रमा छ, धनगढी उपमहानगरपालिकाको रोजगार सयोंजक ज्युले त्यो अध्यायन गरिराख्नुभाको छ, बाँकी आवेदन भरेकाहरुले आफ्नो दक्षताका आधारमा रोजगारी पाउनुहुन्छ ।” उनका अनुसार ६७ जनाले तालिमका लागी निवेदन पेस गरेका छन् ।

धनगढीको ओम प्यालेसमा आयोजित मेलामा ३८ वटा स्टल राखिएको थियो । तीमध्ये जसमध्ये १० वटा स्टलहरु सरकारी क्षेत्रबाट २८ वटा स्टलहरु रोजगारदाताका तर्फबाट राखिएको थियो । दुई दिनसम्म आयोजना गरिएको मेलामा १० हजार एक सय ५० जनाले अवलोकन गरेका थिए । मेलामा श्रमाधान सम्बाद‚ सांस्कृति प्रस्तुती लगायतका कार्यक्रम समेत आयोजना गरिएको थियो । संवादमा रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्रको भूमिका, अवस्था, चुनौति र सम्भावनाको विषयमा संवाद गरिएको थियो । त्यस्तै वर्तमान श्रम बजारमा सीप प्रमाणिकरण र पूर्व सिकाई मान्यताको भूमिका‚ अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा‚ सुदूरपश्चिमका लागि नेपाली श्रम बजार किन यति सुदूर भन्ने विषयमा पनि संवाद गरिको थियो ।

 

श्रम आप्रवासन अन्तर्गत कानूनी प्रकृया र मनोसामाजिक प्रभाव लगायतका विषयमा डाक्टर हेमराज पन्त‚ शिवहरी मुडभरी‚ रामवहादुर रावत‚ अनिलकुमार भुजानीया लगायत प्राज्ञिक तथा रोजगारदाताहरुले विचार विमर्श गरेका थिए । नेपाल तालिम तथा रोजगार ब्यवसायी महासघं सुदुरपश्चिमका अध्यक्ष प्रमोद पाठकको अध्यक्षता आयोजित कार्यक्रम नेपाल सरकारका उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए । सुदुरपश्चिमका भुमी, ब्यवस्था कृषी तथा सहकारी मन्त्री टिका थापाको बिषेश आतिथ्यता उद्घाटन गरिएको कार्यक्रम धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले समापन गरेकी थिइन् ।