गौरीगगां नगरपालिकामा मृत्यु भइसकेका ब्यक्तीलाई भत्ता
2024/06/14, 5:47
 
ss

कैलालीको गौरिगगां नगरपालिकाले मृत्यु भइसकेका ब्यक्तीका नाममा सामाजिक शुरक्षा भत्ता दिएको पाइएको छ । महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसार नगरपालिकाले ३२ जना मृत्यु भइसकेका ब्यक्तीका नाममा भत्ता हालेको पाइएको हो । आर्थिक बर्ष २०७९/८० को प्रतिवेदनमा उल्लेख भए अनुसार नगरपालिकाले बैकं मार्फत मृत्यु भइसकेका ब्यक्तीका नाममा भत्ता निकासा गरेको पाइएको हो ।


गौरिगगां नगरपालिका ४ की दुर्गा देवी ढुगांना, वडा नम्बर १ की गुलिया चौधरी, ६ का भागु साउँद, वडा नम्बर १ का रग बहादुर बोहरा, वडा नम्बर ६ का राम प्रसाद चौधरी, ८ का रिको कामी, ९ का हिरा देवी शार्की, ६ का मन्धरी जोशी, दिपिका देवी कुँवर, वडा नम्बर ५ का झिकुली कामीका नाममा रकम निकासा भएको पाइएको छ । यस्तै वडा नम्बर १ का सुदिप शाही, २ का बिनाडी साउँद, ५ का डिल्लुदेवी कामी, वडा नम्बर ४ का मोहनलाल थारु, नरकला साउँद, वडा नम्बर १० का हरिलाल भट्ट, ७ का नखरी देवी खड्का, मन्धिरे कामी, वडा नम्बर ३ का गम्बा कोली, वडा नम्बर ११ का बिस्णु बहादुर शाह, ७ का अम्मरे लुहारका नाममा रकम निकासा भएको छ ।

यस्तै वडा नम्बर ७ की चन्द्रकली बस्नेत, १ की बिर्मा देवी रावल, सालमती देवी रोक्कामगर, चित्र बहादुर राना मगर, वडा नम्बर ३ की जमुना देवी नौन्याल, वडा नम्बर ४ का तिलानन्द जोशी, ८ का गोरे कामी, २ का धन साउँद, दिलि थापा, तुलसी देवी तिरुवा र वडा नम्बर ७ की मनरुपा कामीका नाममा सामाजिक शुरक्षा भत्ता निकासा भएको भन्दै महालेखा परिक्षकले अशुल गर्नुपर्ने देखाएको छ । उनिहरुका नाममा निकासा भएको १ लाख ८२ हजार ७ सय ७१ रुपयाँ अशुल गर्नुपर्ने महालेखाले जनाएको छ ।