जेसिज सप्ताह सुुरुः पहिलो दिन विरुवा वितरण
2024/07/21, 1:49
 
b

धनगढी जेसिजको आयोजनामा आजदेखि जेसिज सप्ताह सुरु भएको छ । समुदायसँग जेसिज नाराका साथ जेसिज सप्ताह सुरु भएको हो । सप्ताहको पहिलो दिन विरुवा वितरण गरिएको छ । धनगढीको सहिद गेटमा सर्वसाधारणहरुलाई विभिन्न किसिमका बोटविरुवाहरु वितरण गरिएको हो ।

b

विभिन्न किसिमका ५ सय ३४ वटा विरुवाहरु वितरण गरिएको कार्यक्रमका संयोजक महेश्वर ओझाले जानकारी दिए । पर्यावरण संरक्षणका लागि विरुवा वितरण गरेर जेसिज सप्ताह सुरु गरिएको हो । धनगढी जेसिजका अध्यक्ष अरुण सिंहको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुुख अतिथि कैलाली जिल्ला अदालतका मुख्य न्यायधिश बिष्णुुप्रसाद अवस्थी रहेका थिए भने विशिष्ठ अतिथि धनगढी उपमहानगरपालिकाका नगर प्रमुुख गोपाल हमाल रहेका थिए । 

u
साउन १२ गतेसम्म विभिन्न कार्यक्रम गरी जेसिज सप्ताह मनाईदैछ । मैत्रीपुर्ण फुुटसल, रक्तदान कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रकरण गोष्ठी र शैक्षिक सामाग्री वितरण गरि साउन १२ गतेसम्म सप्ताह मनाईरहेको जेसिज सप्ताहका मुल संयोजक ईन्जिनियर तर्कराज भट्टले जानकारी दिए । 

k