कैलालीमा भारी वर्षाः साना ठुला नदीको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन अपिल
2024/08/21, 9:50
 
ss

कैलाली अधिकांश स्थानहरूमा पछिल्लो ६ घण्टादेखि भारी वर्षा भइरहेको  छ। यहाँका साना ठुला नदीमा पनि बहाव बढिरहेको छ ।जिल्ला प्रशासन कार्यालय  कैलालीका सूचना अधिकारी शिवराज जोशीले पानी परिरहेको हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागमा उच्च सतर्कता अपनान भनिसकेको जानकारी दिए ।

उनका अनुसार कैलालीका सबै नदीमा पानीको बहाव वार्निङ लेबल  नजिक पुगेको छ । खुटिया नदीमा वार्निङ लेबल ४ मिटर हुँदा बिहान ६ बजेसम्मको अवस्थामा २.८६ पुगिसकेको छ । कर्णाली चिसापानीमा पानीको सतह ८.०५ पुगेको छ भने मोहनामा २।६ मिटर पुगेको छ । कर्णालीमा वार्निङ लेबल  १० र मोहनामा ३ रहेको छ । 

सबैभन्दा धेरै पानीको बहाव कन्द्रा नदीमा बढिरहेको छ । उहाँ वार्निङ लेबल  ४.५ हुँदा पानीको तह ४.४३ मिटर पुगिसकेको छ ।  नदीमामा पानीको सतह बढ्दै गइरहेको छ । जसका कारण कैलालीका दक्षिण क्षेत्र डुबानको खतरामा परेका छन् । 

‘अहिले पनि पानी रोकिएको छैन । नदी बढिरहेको छ । अझै बढ्दै जाँदा नदी तटीय क्षेत्र, डुबान भइरहने होचा भू–भागमा नदी पस्न सक्छ’ सूचना अधिकारी जोशीले भने ‘ती क्षेत्रहरूमा अहिलेबाटै हामीले सुरक्षित रहन भनिसकेका छौँ ।’