कैलालीका अधिकांश बस्ती डुबानमा, महाकालीमा पानीको सतह बढ्दै
2024/08/21, 9:55
 
ss

गएरातिदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीका अधिकांश बस्ती डुबानमा परेका छन् । कैलालीको कान्द्रा नदी र मोहना नदीमा पानीको सतह नाघेपछि अधिकांश बस्ती डुबानमा परेका हुन् ।

कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराले प्रायः जसो सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेकाले आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए । अहिलेसम्म घोडाघोडी नगरपालिका–९, गौरीगंगा नगरपालिका, गौरीगंगा नगरपालिका–७ र ९ मा गरेर करीब एक दर्जन बढी घर डुबानमा परेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

यता लगातारको वर्षाले महाकाली नदीमा पानीको सतह बढ्दै गएपछि आसपासका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलवार रातिदेखि परिरहेको लगातारको वर्षाका कारण अहिले महाकाली नदीमा जलसतह खतराको तह पार गर्ने तर्फ बढ्दै गएको देखिन्छ ।

महाशाखाका अुनसार अहिले महाकाली नदीको जलसतह ६.४०६ क्यूसेक छ । यो ७ मा पुग्यो भने खतराको तह पार हुन्छ । त्यस्तै पर्साको पसाहा खोलमा पनि पानीको सतह बढ्दै गएको महाशाखाले जनाएको छ ।