सुदूरपश्चिम प्रदेशमा ११ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। प्रदेशको कञ्चनपुर, अछाम र बाजुरा जिल्लामा कार्यरत ११ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो।
बाजुराका ६, कञ्चनपुरका तीन र अछामका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिमका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले संक्रमित प्रहरी मध्ये पाँच जना डिस्चार्ज भइसकेको जानकारी दिए।
देशभरी भने ९२ प्रहरीमा कोरोना संक्रमण देखिएको छ। संक्रमितमा चार इन्स्पेक्टर, सात सई, सात असई, २७ हवल्दार, ४३ प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन्। जसमा दुई महिला र ९० पुरुष छन्।
2024/11/23, 2:44
2024/11/23, 2:31
2024/11/23, 2:17
2024/11/23, 2:02
2024/11/23, 2:31
2024/11/23, 2:17
2024/11/23, 2:02
2024/11/15, 8:30
2021/05/03, 7:52
2022/11/22, 6:40