धनगढी। कैलालीमा यस वर्ष पनि डेंगुको उच्च संक्रमण रहेको छ । गत साता डेंगुको उच्च संक्रमणमा कैलाली दशौ जिल्लाका रुपमा रहेको थियो ।
बिज्ञापन
स्वास्थ्य कार्यालय कैलालीका अनुसार सन २०२४ जनवरीदेखि हालसम्म कैलालीमा ३ सय ६० जनामा डेंगु संक्रमण भएको छ । धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी एक सय ९० जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार कतिपय निजी अस्पतालबाट डेंगु संक्रमितको तथ्यांक नआएका कारण यो संख्या अझै बढ्ने सम्भावना रहेको छ ।
स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरिक्षक विमिला ज्ञवालीले कैलालीमा डेंगु संक्रमण फैलिन नदिन सबै स्थानीय तहहरुलाई सुरुदेखि नै खबरदारी गरिएको बताउनु भयो । उहाँका अनुसार पालिका स्तरमा अहिले पनि लार्भा खोज र नष्ट गर अभियान जारी रहेको छ ।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार यस वर्ष बजेट अभावका कारण सचेतना कार्यक्रम पर्याप्त रुपमा सन्चालन हुनसकेनन् । जनस्वास्थ्य निरीक्षक ज्ञवालीले डेंगु मौसमी रोग भएका कारण अघिल्ला वर्षहरुमा सन्चालन गरिएका सचेतना कार्यक्रम नागरिकले विर्सने गरेको बताए ।
एडिस रजिस्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट डेंगु संक्रमण हुने गर्दछ । यो लामुखुट्टेले प्रायः दिउसोको समयमा टोक्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
स्वास्थ्य कार्यालयका फोकल पर्सन मीनबहादुर धामीले डेंगु संक्रमणबाट जोगिन घर वरिपरीका खाल्डा पर्नुपर्ने, भाँडा, बोतल, टायर तथा प्लास्टिकका सामग्रीमा लामो समयसम्म पानी जम्न नदिने उपाय गर्नुपर्ने बताए ।
कैलालीमा अघिल्लो आर्थिक बर्ष २०७८र०७९ मा एक सय ५६ जनामा डेंगु संक्रमण भएको थियो । सो आर्थिक वर्षमा डेंगुबाट तीन जनाको मृत्यु भएको थियो ।
त्यसैगरी आर्थिक बर्ष २०७९/८० मा ७ सय ४ जनामा डेंगुको संक्रमण भएको थियो ।