सुदुरपश्चिममा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३८८७ पुग्यो 
2020/07/09, 2:46
 
corona

सुदुरपश्चिममा थप १६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रादेशिक प्रयोगशालामा विहीवार गरिएको परिक्षणमा थप १६ जनामा कोरोना पुष्टि भएको हो । विहीवार गरिएको परिक्षणमा आठ जना महिलामा र आठ जना पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । 

सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ९ का पाँच जना, गौरीगंगा नगरपालिकाका तीन जना, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक जना र भीमदत्त नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ। बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर १ का दुई जना, अछामको साँफेवगर नगरपालिकाका दुई जना, मंगलसैन नगरपालिका र चौरपाटी गाउँपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 

पछिल्लो २४ घण्टामा दुई सय ५७ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए। योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ८ सय ८७ पुगेको छ। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म सबैभन्दा कढि कैलालीका नौँ सय ८ जना, अछामका ६ सय २४, बाजुराका ६ सय १५, डोटीका पाँच सय ७५, कञ्चनपुरका चार सय ४३, डडेल्धुराका दुई सय ८०, बैतडीका दुई सय ७४, बझाङ एक सय ५० र दार्चुलामा १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिममा कोरोना पुष्टि भएका ८ जनाको मृत्यु भईसकेको छ भने नौँ सय ९३ जना डिस्चार्ज भएका छन्।