गृहमन्त्री रमेश लेखकले मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचन लाई शान्तिपुर्ण, निष्पक्षय र स्वतन्त्र रुपमा सम्पन गर्ने सुरक्षा निकायका प्रमुख लाई निर्देशन दिएका छन् ।
कैलालीको धनगढीमा शुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन लाई शान्तिपुर्ण, निष्पक्षय र स्वतन्त्र सम्पन गर्न अहिले देखि नै तयारी आवश्यक रहेको बताए । उनले देशमा बहुलवाद सहितको शासन ब्यवस्था भएको हुदाँ यसलाई ब्यवस्थीत र सुदृढ गर्ने आवश्यक रहेको बताए ।
लामो समय पछि सुदूरपश्चिम प्रदेशमा सुरक्षा गोष्ठीको आयोजना भएको स्मरण गदै गृहमन्त्री लेखकले यो बैठकले औपचारिकता भन्दा पनि परिणाम आउँने गरी अगाडी बढ्ने दावी गरे । प्रदेशका ९ वटै जिल्लाको सुरक्षाको अवस्था, अपराध नियन्त्रणको अवस्था र कानुन कायान्यनको अवस्था लाई आत्मसाथ गदै आगामी दिनमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषमा छलफल हुने बताए । प्रदेशमा संविद्यान र कानुन बमोजिम नागरिकले सेवा पाउँनु पर्नेमा लेखकले जोड दिए ।
प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कमलबहादुर शाह लगायत मन्त्री, प्रदेश सभा सदस्य सुरक्षा निकायका प्रमुख र मन्त्रालयका कर्मचारीको सभागिता रहेको छ ।