
डोटीमा पहिलोपटक नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) सेवा शुभारम्भ गरेको छ। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामध्ये डोटी उक्त सेवा सुरु गर्ने पहिलो जिल्ला बनेको हो।

बिहिबार नेपाल टेलिकम सुदुरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक नामाकर न्यौपानेले उक्त सेवाको शुभारम्भ गरेका छन्। फाइबर टु द होमले एउटै फाइबर तारबाट द्रुतगतिमा चल्ने ईन्टरनेट सेवा र टेलिफोन सेवा दिने नेपाल टेलिकम दुर संचार कार्यालय डोटीका कार्यालय प्रमुख दिपक शुक्लाले बताए।
