सुदूरपश्चिममा छोटो दूरीका सार्वजनिक यातायात नचलाईने
2020/07/09, 6:28
 
corona

सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेपनि सुदूरपश्चिममा सञ्चालन नगरिने भएको छ । मन्त्री परिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णयमा सुदूरपश्चिमका यातायात व्यवसायीहरुले पनि तत्काल यातायात सञ्चालन गर्न नसकिने बताएका हुन । 

सरकारबाट बैंक किस्ता, ब्याज र अन्य राहतको व्यवस्था नभएको र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबाट कुनै निर्णय नआएकोले तत्काल छोटो दुरीका सवारी साधन सञ्चालन गर्न नगरिने सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए ।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना महामारीपछि जारी लकडाउनले बन्द अवस्थामा रहेको सार्वजनिक यातायात सेवा सञ्चालनको मोडालिटी तयार पारी सरकारसँग छलफल गरिरहेका बेला सरकारले एकलौटी निर्णय गरेको उनले बताए ।