
बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। पुर्चौंडी नगरपालिका –९ तल्लादेही पुजरीगाउँका ४२ वर्षीया करबीर पुजारा चितुवाको आक्रमणबाट घाइते भएका हुन।

बिहिबार साँझ ५ बजेतिर वडा कार्यालयबाट घर फर्कने क्रममा चमेडिया भन्ने ठाउँमा पुजारामाथि चितुवाले आक्रमण गरेको थियो। चितुवाले आक्रमण गरेलगत्तै चिच्याएका पुजारालाई रोपाँई गरिरहेका किसानहरुले सुनेपछि चितुवालाई भगाएका थिए।
घाइते पुजारालाई उपचारका लागि डडेल्धुरा लगिएको पुर्चौंडी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रम्बा बोहराले बताए।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34