दार्चुलामा क्षमताभन्दा बढी यात्रु बोक्ने ८ सवारी चालकलाई कारबाही
2024/11/27, 1:11
 
darchula

दार्चुलामा क्षमताभन्दा बढी यात्रु बोक्ने ८ सवारी चालकलाई कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाबाट खटिएको संयुक्त प्रहरी टोलीले सिट क्षमताभन्दा बढी यात्रु बोकेका र कागजपत्र नभएका ८ ओटा सवारीका चालकहरुलाई कारबाही गरेको हो ।

मंगलबार जिल्लाका विभिन्न सडकखण्डमा सवारी साधन चेकजाँच गर्दा सिट क्षमताभन्दा बढी यात्रु बोकेको र कागजपत्र नभएको पाइएपछि ती सवारी चालकलाई जरिबाना भराएर छोडिएको प्रहरीले जनाएको छ ।