
सशस्त्र प्रहरीले कञ्चनपुरमा ४ वटा बीओपी (बर्डर आउट पोष्ट) स्थापना गरेको छ । सशस्त्रले पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र महाकाली नगरपालिकामा बीओपी स्थापना गरेको हो ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका १० को दोदा, बेलौरी नगरपालिका १० को भुडा र वडा नम्बर २ को थापा चौरा तथा महाकाली नगरपालिका १ को बयलबन्दमा स्थापना गरिएको बीओपीहरु सशस्त्र प्रहरी सुदूरपश्चिम बाहिनीका बाहिनीपति हरिशंकर बुढाथोकीले उद्घाटन गरे । सबै बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको टोली रहेको छ ।
कञ्चनपुरमा यसअघि सीमा क्षेत्रमा ६ वटा बीओपीहरु स्थापना भइसकेका छन् । बीओपीहरु ब्रहृमदेव, महाकाली नगरपालिका, बेलौरी, बेलडाडी र पुनर्वास नगरपालिकामा छन् ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/19, 4:45
2022/02/16, 10:08
2020/12/02, 5:55