
डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–११ सल्लेताका अन्दाजी ३० वर्षीय डम्मर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मंसिर ४ गते परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा लु १ ज ४५७९ नम्बरको जिप दुर्घटना भएको थियो। उक्त दुर्घटनामा ९ जना घाइते भएका थिए भने दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। सोहि दुर्घटनामा परी गम्भीर घाइते भएका धामीको शुक्रबार उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39