
दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा सम्पन्न उपनिर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन् । कांग्रेसका उम्मेदवार कुँवरले ३७६ मत प्राप्त गरी विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार मानसिंह बडालले ३५८ मत प्राप्त गरे । यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार वीरसिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लालसिंह कुवँरले २५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २० मत बदर भएको छ ।
१२७२ मतदाता रहेको दुहुँ ५ मा ८७७ मत खसेको थियो । दुहुँ ५ मा तत्कालीन वडाअध्यक्ष मनोरथ भट्टको निधन भएपछि उपनिर्वाचन भएको हो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04