
कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौलाबाट सात ग्राम लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी कालाकुण्डाका प्रहरी नायब निरीक्षक विशालदत्त भट्टको समूहले टीकापुर नगरपालिका–१ वनगाउँका २३ वर्षीय शिवम थापामगर, २७ वर्षीय विकास चौधरी र २७ वर्षीय विज्ञान शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्र बोहराले जानकारी दिए ।
उनीहरुको साथबाट ७ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जना माथी आवश्यक अनुसन्धानभई कार्वाइ प्रकृया अगाडि बढाएको समेत जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09