
सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेपनि सुदूरपश्चिममा सञ्चालन गरिएका छैनन् । मन्त्री परिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेकोमा सुदुरपश्चिम प्रदेशमा तत्कालका लागि यातायात सञ्चालन गर्न नसकिने यातायात व्यवसायीले बताएका छन् ।

सरकारबाट बैंक किस्ता, ब्याज र अन्य राहतको व्यवस्था नभएकोले तत्काल छोटो दुरीका सवारी साधन सञ्चालन गर्न नगरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना महामारीपछि जारी लकडाउनले बन्द अवस्थामा रहेको सार्वजनिक यातायात सेवा सञ्चालनको मोडालिटी तयार पारी सरकारसँग छलफल गरिरहेका बेला सरकारले एकलौटी निर्णय गरेको व्यवसायीहरुको आरोप छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/19, 4:45
2022/02/16, 10:08
2020/12/02, 5:55