नेकपा एमाले डोटीमा मञ्जु मलासी विजयी
2024/12/17, 11:44
 
manju malasi

नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी विजयी भएकी छन् । सोमबार सम्पन्न निर्वाचनमा उनले शेरबहादुर मल्ललाइ ४४ मतको अन्तरले हराउँदै विजयी भएकी हुन । ४ सय १२ मतमध्य मलासीले २ सय १५ मत प्राप्त गरेकी थिइन् भने मल्लले १ सय ७१ मत ल्याएका थिए । 

मलासी नेकपा एमालेका नेता भीम रावल निकट मानिन्छन् भने मल्ल केपी ओली निकट नेताका रूपमा चिनिन्छन् । त्यस्तै उपाध्यक्ष पदमा खगेन्द्र बडैला विजयी भएका छन् । उनले १ सय ११ मत प्राप्त गर्दै सबै प्रतिस्पर्धीलाई पछि पारे । यो पदका लागि गणेश विष्टले १ सय ७, लक्ष्मण मलासी ९७, र चक्रबहादुर घर्ती ५८मत प्राप्त गरे।

सचिव पदमा मलासी प्यानलका उम्मेदवार पदमबहादुर भट्टले २ सय ३७ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी धनबहादुर नेपालीले १ सय १९ मत प्राप्त गरे भने झलक पालीले ६८ मतमा चित्त बुझाए।

उपसचिव खुला पदमा मञ्जु प्यानलका डम्मर डौडीले १ सय ५२ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। मल्ल प्यानलका बमबहादुर बमले १ सय २३ मत प्राप्त गरे भने कृष्णकुमार खडका ६७ र कृष्ण दर्लामी ३४ मतमा सीमित रहे ।

उपसचिव समावेशी पदमा मञ्जु प्यानलकी विस्ना सिंहले २ सय ८ मत प्राप्त गर्दै विजयी भइन्। उनकी प्रतिस्पर्धी ससी सोपले १ सय ४६ मत प्राप्त गरिन्।
यो निर्वाचनमा मञ्जु मलासी प्यानलको वर्चस्व देखिएको छ । अध्यक्ष, उपसचिव खुला र उपसचिव समावेशीमा मञ्जु प्यानलका उम्मेदवारहरूले जित हाासिल गरेका छन्। सचिव पदमा पनि मलासी प्यानलकै उम्मेदवार विजयी भएका छन् ।

पार्टीभित्रको केन्द्रमा देखिने लाइनलाई क्रस गर्दै उम्मेदवारहरूले जिल्लामा अघोषित रूपमा प्यानल नै खडा गरेर चुनावी मैदानमा होमिएका थिए ।