विपन्नलाई कागजमा ३० किलो, दिइएको ७ किलो घटनाः अख्तियारको पत्रपछि धमाधम कागज सच्चिदै
2020/07/10, 2:17
 
rahat

बाजुराको बडिमालिका नगरपालिकाले कोरोना संक्रमणको महामारीसँग जुध्न गरिएको लकडाउनले विचल्लीमा परेका गरीब, असहाय र श्रमिक परिवारलाई नगरपालिकाले वडा कार्यालय मार्फत राहत सात केजी दिएर तीस केजीको भरपाई बनाई रकम भक्तानी गरेको थियो । त्यसको भोलीपल्ट दुई पेज लामो प्रेस विज्ञप्ती जारी गदै समाचारमा आको कुरा साँचो नभएको र साँचो ठहरिए सामुहिक आत्मदाह गर्ने धम्की पुर्ण शब्द प्रयोग गरीएको थियो तर त्यो समाचार प्रकाशनपछि अख्तियार दुरुपयोग अनुन्धान आयोगको कार्यालयले मिति २०७७ असार नौ गतेको च नं ३६७० को पत्र जिल्ला प्रशासन कार्यालय बाजुरालाई कागजात पठाईदिने बारे भन्दै पठाउँदै लेखेपछि उक्त नगरपालिकाले धमाधम पुरानो भर्पाई सच्याएर नयाँ बनाएको छ ।

मृतकको नाम समाबेश
नयाँ भपाईमा जनताले पाए अनुसारको राहात उल्लेख गरिएको बताईएको छ । बडिमालिका–९ मा पहिलो भपाईमा सबैलाई ३० केजी चामल, तीन केजी दाल, दुई लिटर खानेतेल, दुई केजी नून, दुई केजी चिनी र चार वटा साबुन बुझेको भर्पाइ थियो भने अहिले नयाँ बनेको भर्पाइमा भने सात केजी चमल, एक केजी दाल, एक पोका तेल र एक साबुन उल्लेख भएको छ ।

1

वडा नम्बर ८ को नयाँ
सोही नगरपालिकाकाको वडा नम्बर ८ मा पनि पुरानो भर्पाइमा सबैलाई ३० केजी चामल, तीन केजी दाल, दुई लिटर खानेतेल, दुई केजी नून, दुई केजी चिनी र चार वटा साबुन थियो भने अहिले सच्याएको भर्पाइमा चामल फरक–फरक परीवारलाई पाँच केजीदेखि २५ केजीसम्म, अन्य सामाग्रीहरु एकनासले नून एक केजी, साबुन दुई वटा दिएको बनाईएको छ ।

2

वडा नम्बर ८ को पुरानो
अर्थ मन्त्रालयले जारी गरेको ‘असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायहरूलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६’ मा प्रत्येक परिवारलाई ३० केजी चामल लगायतका राहत सामग्री उपलब्ध गराउनुपर्ने उल्लेख छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कागजी रूपमा यो मापदण्ड पालना गरिएको झूटो विवरण तयार पारिएको थियो । यहाँ कसैले पनि यस मापदण्ड अनुसार राहतमा पाएका छैनन् ।

3


वडा नम्बर ९ को नयाँ
मापदण्ड अनुसार राहत वितरणको विवरण वडा, नगरपालिका कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयमा हुबहु जानुपर्छ । मापदण्डको दफा ५ को उपदफा एकमा खाद्य आवश्यकताको आधारमा गरीब, असहाय र श्रमिकलाई प्रतिपरिवार ३० केजी चामल, तीन केजी दाल, दुई लिटर खानेतेल, दुई केजी (प्याकेट) नून, दुई केजी चिनी र चारवटा साबुन राहतस्वरुप वितरण गरिने उल्लेख छ । दुई जनासम्मको परिवार भएमा यसको आधा र तीन वा त्यसभन्दा बढी परिवारका सदस्य भएमा पूरै राहत दिनुपर्ने व्यवस्था मापदण्डले गरेको छ । तर बडिमालिका नगरपालिकाले नगर कार्यपालिकाको बैठक संख्या ४४ ले मापदण्डको दफा पाँच संसोधन गरीएको बताईएको छ । तर मापदण्डमा कही कतै यो संसोधनको अधिकार दिएको देखीदैन ।

4
वडा नम्बर ९ को पुरानो
नगरपालिकाले अहिलेको भर्पाइ हेर्दा हपहिलो भपाई फर्जि रहेको देखिन्छ । अहिले बनाएको भपाई साँचो हो भने पहिलो भपाई नबनाईनु पर्ने थियो । दुई प्रकारको कागज नगरपालिकाले तयार परेको देखिन्छ । यस सम्बन्धि बाजुराको अख्तियार प्राप्त निकाय जिल्ला प्रशासन कार्यालय हो । यस घटना बारे प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेलाई हामीले एकै कामको दुई दुई वटा भपाई बनाएको रहेछ । अख्तियारको पत्र अगाडी तीस केजीको र अहिले जनताले पाए अनुसारको कागज बनाएको भन्छि यसो गर्न पाईन्छ ? भन्ने प्रश्न गर्दा उनले भनेः‘यसरी एकै कामको दोहोरो कागज बनाउँन मिल्दैन, उजुर नपरुन्जेल एक खालको कागज र उजुर परिसकेपछि अर्को कागज बनाएको भएमा सार्वजनिक पद धारण गरेका ब्यक्तीलाई भ्रष्टाचार निवारण ऐन २०५९ आक्रोसित हुन्छ ।’

3