
डडेल्धुरामा मेयर सम्मेलन हुने भएको छ । पुस १५ र १६ गते जिल्लाको परशुराम नगरपालिकामा मेयर सम्मेलन हुने भएको हो ।

सम्मेलनमा धनगढी उपमहानगरपालिकाका प्रमुख, सुदूरपश्चिमका सबै नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्षहरूको सहभागिता रहने आयोजक परशुराम नगरपालिकाले जनाएको छ ।
परशुरामका मेयर भरत बडायर जोशीले स्थानीय तहबीचको समन्वय र सहकार्यमार्फत विकास प्रवद्र्धनका लागि सम्मेलन आयोजना गर्न लागिएको बताए ।

सम्मेलनले प्रमुख सरोकारवाला, विषय विज्ञ, स्थानीय, प्रादेशिकलगायत सरकारी निकायका प्रमुख तथा प्रतिनिधिलाई एकै ठाउँमा राखी सुदूरपश्चिमको बृहत् विकासका लागि सहयोग बढाउन, विकासका नवीन आयामबारे विचार आदानप्रदान र दिगो रणनीतिहरू निर्माण गर्न मञ्च प्रदान गर्ने अपेक्षा गरिएको मेयर जोशीले बताए ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35
2020/10/22, 5:13
2022/11/06, 1:44