महोत्सव अविध भरमा विद्यालय स्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगिताहरु आयोजना गरिएका छन् । चार वटा प्रतियोगिताका गरी विभिन्न सात वटा विधाहरुमा विद्यालय स्तरीय प्रतियोगिताहरु आयोजना गरिएका हुन् । त्यसमा झण्डै दुई लाख बीस हजार नगद पुरस्कार वितरण गरिएको छ । प्रत्येक विधामा प्रथम हुनेलाई नगद १५ हजार, दोस्रो हुनेलाई नगद दश हजार र तेस्रो हुनेलाई नगद पाच हजार सहित सम्मान गरिएको छ । विद्यालय स्तरीय नृत्य प्रतियोगितामा थ्रीस्टार बोर्डिङ स्कुल पहिलो भएको छ । बात्सल्य विद्या निकेतन दोस्रो हुँदा ग्ली एकेडेमी तेस्रो भएको छ ।
चित्रकला प्रतियोगिता आधारभुत तह तर्फ शैलेश्वरी बोर्डिङ स्कुलकी भावना चन्द प्रथम भईन् । हिमाल एकेडेमीका निरज ठकुल्ला द्धितीय हुँदा डिस्कभरी बोर्डिङ स्कुलकी आयुषा खड्का तृतीय भईन् । चित्रकला प्रतियोगिता माध्यमिक तह तर्फ एक्सीस विद्याश्रमकी निधि पाण्डेय पहिलो भईन् । थ्रीस्टार बोर्डिङ स्कुलकी रेखा ओझा दोस्रो र डिस्कभरी बोर्डिङ स्कुलका निरज सिंह जागरी तेस्रो भए ।
वक्तृत्वकला प्रतियोगिता आधारभुत तह तर्फ ऐश्वर्य विद्या निकेतनकी साक्षी भट्ट पहिलो भईन् । राईजिङ स्टार बोर्डिङ स्कुलकी तृप्ती सिंह दोस्रो र ग्यालेक्सी सेकेन्डरी स्कुलका वैभव बिष्ट तेस्रो भए । वक्तृत्वकला प्रतियोगिता माध्यमिक तह तर्फ फारवेष्ट बोर्डिङ स्कुलका प्रज्वल भट्ट प्रथम भए । वात्यल्य विद्या निकेतनकी सान्त्वना पोखरेल दोस्रो हुँदा कुमुदिनी आदर्श विद्या निकेतनका नरेन्द्र आचार्य तेस्रो भए ।
कविता प्रतियोगिता आधारभुत तह तर्फ माईलस्टोन बोर्डिङ स्कुलका शिशिर ओझा प्रथम भए । ग्ली एकेडेमीकी आयुषा कटुवाल दोस्रो हुँदा मालाखेती भिजन स्कुलकी दिक्षा जोशी तेस्रो भईन् ।
कविता प्रतियोगिता माध्यमिक तह तर्फ एरिष्टो बोर्डिङ स्कुलका गौरव उपाध्याय प्रथम भए भने एक्सिस विद्याश्रमका करन सिंह धामी दोस्रो भए । एयाईन्स ईन्टरनेशनल स्कुलका दिनेश फराडा र चैतन्य पाठशालाकी जेनी चौधरी संयुक्त रुपमा तेस्रो भईन् । सात वटा विधाहरुमा विजयी प्रथम भएकाहरुलाई नगद १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद सहित सम्मान गरिएको छ ।