
धनगढीमा अटो रिक्सामा सवार भएका बेला बेहोस् भएका एक जनाको मृत्यु भएको छ । बिहीबार शहीदगेटदेखि चौराहतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ४८८७ नम्बरको अटोमा सवार धनगढी उपमहानगरपालिका-४ मा डेरा गरि बस्ने ४६ वर्षीय भुवन खत्री एक्कासि बेहोस भएका थिए ।

उनलाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनका अनुसार अटो चालक धनगढी उपमहानगरपालिका-४ बस्ने ४० वर्षीय नारायण थापा र अटोमा सवार धनगढी-३ बस्ने ४२ वर्षीय मन्जुरी खानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
