
कैलालीको गोदावरीबाट अवैध रूपमा भारतबाट भित्र्याइएको भन्सार छलीको सामान बरामद गरिएको छ । बुधवार बिहान इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी गंगा बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका – ४ गोदावरीबाट भन्सार छलीको सामान बरामद गरेको हो ।

बेवारिसे अवस्थामा फेला परेको उक्त सामान अन्तरगत सुट, साडी र विभिन्न किसिमका श्रीगारका सामान रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उक्त सामान १ लाख २२ हजार १७० रुपैयाँ बराबरको रहेको डिएसपी थापाले बताए । उनले बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय कैलाली पठाइएको बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09