
माघी पर्व सकिएसँगै थारु गाउँमा भलमनसा चयनको काम आजबाट थालिएको छ । गाउँको नेतृत्व गर्नका लागि सो समुदायका मानिसले भलमनसा चयन गर्न थालेका हुन्। भलमनसाले विकास निर्माणदेखि लिएर गाउँवासीको सुखदुख, भोजभतेरमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गर्दछन् । भलमनसाको पदावधि एक वर्षको रहने गर्दछ ।

आजबाट सुरु भएको भलमनसा चयनको काम यो महिनाभरि हुने धनगढी उपमहानगरपालिका–५ जाइँ गाउँका भलमनसा कुलवीर चौधरीले बताए । उनको गाउँमा आजै भलमनसा चयनको काम भएको छ । यसअघिसमेत भलमनसा रहनू भएको चौधरीलाई यसवर्ष फेरि गाउँवासीले भलमनसा बनाएका छन् ।
गाउँभरिका किसान सहभागी भुरा खेल ९भेला० बाट भलमनसा चयन गर्ने गरिन्छ । भलमनसासहित गाउँमा जिम्मेवारी अनुसार काम गर्नका लागि घरिया, चिरक्या ९चौकीदार०, सचिव र लोहार चयन गर्ने चलन रहेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/21, 4:03
2021/11/07, 4:27
2020/09/16, 11:27
2022/12/27, 1:08