अनुमति विना स्मार्ट शौचालय बनाउन थालेपछि वन कार्यालयले रोक्यो निर्माण कार्य
2025/01/25, 3:36
 
ss

कैलालीको जानकी गाउँपालिकाले १ करोडको लागतमा बनाउन लागेको स्मार्ट शौचालयको काम रोकिएको छ । बिश्व बैंकको सहयोगमा गाउँपालिकाले वडा नं। ३ को सुवर्ण सामुदायिक वनको जग्गामा रहेको खेलमैदानमा स्मार्ट शौचालय बनाउन थालेको थियो । तर मन्त्रालयको अनुमति विना स्मार्ट शौचालय बनाउन थालेपछि वन कार्यालयले निर्माण कार्यमा रोक लगाएको हो ।

सामुदायिक वनको जग्गामा जबर्जस्ती स्मार्ट शौचालय बनाउन शुरु गरेपछि सव डिभिजन वन कार्यालय टीकापुरले निर्माण कार्यमा रोक लगाएको बताईएको छ । सव डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवका अनुसार गाउँपालिकाले जबर्जस्ती अनुमति विना नै निर्माण थालेपछि निर्माण कार्यमा रोक लगाएको हो ।

विश्व बैंकको आर्थिक सहयोगमा पालिकाले वनको जग्गामा स्मार्ट शौचालयसहित डेस च्याजिंग रुम आदि निर्माण गर्न शुरु गरेको थियो । वनको जग्गामा कुनै संरचना निर्माण गर्दा भूमि सुधार मन्त्रालयले भोगाधिकारको अनुमति दिनुपर्ने नियम छ । तर पालिकाले हालै सम्पन्न गाउँ सभाबाट स्मार्ट शौचालय निर्माण गर्ने निर्णय गरेको थियो ।

निर्माण कार्य रोकेपछि गाउँपालिका अध्यक्ष गणेश चौधरीले खेल मैदानमा खेलाडीहरुका लागि आवश्यक शौचालय बनाउँदा अवरोध गर्नु उपयुक्त नभएको जिकिर गरे । ‘वर्षौंदेखि खेलमैदानका रुपमा रहेको खाली जग्गामा खेलमैदान हुँदा भोगाधिकार नचाहिने रु’ अध्यक्ष चौधरीले भने ‘खेलाडीका लागि शौचालय बनाउँदा अवरोध सिर्जना हुनु दुःखद् हो ।’