
कञ्चनपुरबाट डेढ किलो चरेस सहित एक जना पक्राउ परेका छन् । वेदकोट नगरपालिका–३ सामदैजीबाट १ किलोग्राम ५८६ ग्राम चरेस सहित बझाङको बित्थड चिर गाउँपालिका–१ का ४० वर्षीय गमिलाल बोहरा पक्राउ परेका हुन ।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले शनिवार बिहान बोहरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
शङ्कास्पद अवस्थामा बाटोमा हिँडिरहेका बोहरालाई चेकजाँच गर्दा चरेस फेला परेको प्रहरीको भनाइ छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11