
कैलाली उद्योग वाणज्यि संघका वरिष्ट उपाध्यक्ष तथा युवा ब्यवसायी पुष्कर ओझा सम्मानित भएका छन् । नेपाली कांग्रेस कैलालीको दोस्रो सम्मेलनमा ब्यापार र ब्यवसायिक क्षेत्रमा योगदान पुराएको भन्दै ओझालाई सम्मान गरिएको हो ।

नेपाली कांग्रेस कैलालीको दोस्रो सम्मेलनमा यस क्षेत्रको ब्यापार र ब्यवसायक क्षेत्रमा लामो समय देखि संलग्न रहि ब्यापार ब्यवसाय क्षेत्र लाई मर्यादित र सेवामुखी बनाउँदै समाज सेवा र रोजगारी प्रवर्दनमा योगदान दिएको भन्दै परराष्ट्र मन्त्री तथा नेपाली काग्रेंसका केन्द्रिय सदस्य डाक्टर आरजु राणा देउवाले उनलाई सम्मान गरेकी हुन् ।
सम्मानले आफनो सेवा ब्यवसाय लाई थप विस्तार गर्न हौउसला मिलेको ओझाले बताए । नेपाली कांग्रेस कैलालीले दोस्रो जिल्ला सम्मेलनमा विभिन्न क्षेत्रमा योगदान दिएको विभिन्न ब्यक्ति तथा क्षेत्र लाई सम्मान गरेको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44