
कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान डीडीसी धनगढी सार्ने सम्झौता गरिए पछि स्थानीयले डीडीसी कार्यालय पुगेका छन । स्थानीयले गुपचुप सार्ने सम्झौता गरेको भन्दै कार्यालयमा पुगेपछि लफडा भएको छ ।

ठाउँ अभावका कारण अत्तरियामा रहेको डिडिसी धनगढी सार्ने तयारी गरिएपछि यसै क्षेत्रमा जग्गा खोज्न गोदावरी नगरपालिका – १ का वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको अध्यक्षतामा कार्यदल गठन गरिएको भएपनि उक्त समितिले जग्गा खोजीको काम जारी रहेका बेला खुसुक्क सार्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका हुन ।
अहिले जग्गा खोज्न बनेको कार्यदलका अध्यक्षता सहित स्थानीय कार्यालयमा पुगेका छ्न । स्थानीयले सार्ने सम्झौता माग गरेका छ्न। तर, कार्यालयले सम्भौता पनि नदेखाएको सयोजक गोपाल दत्त भट्टले बताए । उनले सुचनाको हक प्रयोग गर्दै सुचना माग गरिएको भए पनि आनाकानी गरिएको बताए । अहिले स्थानीयले हाकिमलाई थुनेर नाराबाजी गरिरहेका छ्न ।
