धनगढीको भादा गाउँमा प्रदेशस्तरीय होमस्टे महोत्सवमा एक हजार घाटा
2025/05/25, 12:59
 
ss

धनगढी उपमहानगरपालिका–१६ स्थित थारु सामुदायिक होमस्टे गाउँ भादा मा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे महोत्सवको आयव्यय विवरण सार्वजनिक गरिएको छ। थारु होमस्टे गाउँभादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा गत बैशाख १८ देखि २० गतेसम्म सञ्चालन भएको उक्त महोत्सवको शनिबार पत्रकार सम्मेलनमार्फत आयव्यय सार्वजनिक गरिएको हो।


समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले महोत्सव सम्पन्न गर्न विभिन्न निकायबाट कूल रु १५ लाख ६० हजार सहयोग प्राप्त भएको जानकारी दिए। उनका अनुसार प्राप्त रकम यसप्रकार छ

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइबाट – रु १५ लाख
जेडएसएल कञ्चनपुरबाट – रु ३० हजार
कृषि विकास बैंक, धनगढीबाट – रु १० हजार
डिभिजन वन कार्यालय, कैलालीबाट – रु १० हजार
नेपाल पंछी संरक्षण संघबाट – रु १० हजार
यसरी प्राप्त रकममध्ये महोत्सव सञ्चालनमा १५ लाख ६१ हजार २६६ खर्च भएको बताइएको छ। अध्यक्ष चौधरीका अनुसार, “महोत्सवको उद्देश्य प्रदेशभरि विभिन्न जातजाति तथा समुदायले सञ्चालन गरेका होमस्टेहरूलाई व्यवसायिक रूपमा प्रवर्द्धन गर्दै बजार विस्तार गर्नु रहेको थियो।” महोत्सवमा विविध जातजातिका परम्परा, संस्कार, संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदा र पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गरिएको थियो।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई, धनगढी महोत्सवको मुख्य प्रवर्द्धक रहेको र होमस्टे महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले समन्वय गरेको जनाइएको छ।