
कैलालीको गौरीगंगा नगरपालिकामा १५ शैयाको अस्पताल भवन शिलन्यास गरिएको छ। वडा नम्बर ९ मा रहेको मसुरिया स्वास्थ्य चौकीको ६ कोठे भवनको शुक्रबार शिलन्यास गरिएको हो।

१५ शैयाको अस्पतालका रुपमा विकास गर्न सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा निर्माण हुने उक्त भवनको प्रदेश सभा सदस्य दीर्घ सोडारी र गौरीगंगाका नगर प्रमुख भिम बहादुर देउवाले शिलन्यास गरेका हुन्।
२०७७ चैत्र मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी जगदम्बा निर्माण सेवा धनगढीले ६८ लाख ५० हजारमा ठेक्का लिएको छ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34