
अबदेखि सबै सुदुरपश्चिम प्रदेशमा सशुल्क पीसीआर परीक्षण हुने भएको छ । यस अघि यो सुविधा काठमाडौं उपत्यकाका अस्पतालमा मात्र थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा कम्तीमा एक प्रयोगशालामा शुल्क तिरेर पीसीआर परीक्षणका अनुमति दिएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सुदूरपश्चिममा प्रादेशिक प्रयोगशाला धनगढीलाई स्वीकृति दिइएको जानकारी गराए । यो निर्णय भएसँगै कुनै पनि आफूलाई शंका लागेका जो सुकै व्यक्ति तथा ट्राभल हिस्ट्री नभएकाले परीक्षण गर्न पाउनेछन् ।
साथै भीसा प्रक्रियाका लागि पनि परीक्षण गर्न पाइनेछ । स्वीकृत अस्पतालहरुमा पीसीआर परीक्षणका लागि सरकारले ५ हजार ५०० रुपैयाँ शुल्क तोकेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34