
कञ्चनपुरका थप तीन जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कञ्चनपुरका कृष्णपुर नगरपालिका वडा नम्बर २ का २७ वर्षीय पुरुष, वडा नम्बर ५ का ३२ वर्षीय पुरुष र भीमदत्त नगरपालिका ९ की ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको बताए।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौँ सय १४ पुगेको छ। एक हजार दुई सय ६७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34