कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मछेली खोलामा जेसीवी प्रयोग गरेर धामधम कयौ ट्रपर र ट्रेक्टरहरु अन्धाधुन्ध गिट्टीवालुवा निकाली रहेका छन् । असार २७ गते यसरी जेसिबी प्रयोग गरर धमाधम गिट्टी वालुवा निकाली रहेका छन । खोला नालाबाट असार लागेपछि नदीजन्य पदार्थको उत्खनन् गर्न बन्देज लगाईन्छ । तर, नियमनकारी निकाय कञ्चनपुरको कृष्णपुर नगरपालिका र सव डिभिजन कार्यालय वाणी कञ्चनपुर भने बेखबर भएको नाटक मञ्चन गरिरहेका छन ।
एक जना स्थानीय भन्छन्–‘स्थानीय तह सबैलाई जानकारी छ, सबै अनविज्ञको नाटक गरिरहेका छन् ।’ उता असार १ गतेबाट सबै नदीबाट गिट्टी वालुवा निकाल्न पुर्ण रुपमा बन्द गरेको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमाल बताउँछन् । मेयर हमालले प्रतिबन्धित क्षेत्रबाट कसैले गैरकानुनी तरिकाले गिट्टी वालुवा निकाल्ने काम गरिरहेको पाएमा कानुन बमोजिम कारवाही गरिने दाबी गरे । नदीबाट गिट्टी वालुवा निकल्न पुर्ण रुपमा प्रतिबन्ध भएपनि बिना रोकटोक निकाल्ने काम भईहेको छ । मछेली खोलमा रिपोर्टिङ्गका लागि गएका पत्रकारहरुलाई पनि किन आएको भन्दै रोक्ने प्रयास भएको थियो ।
स्थानीयले सरोकारवाला निकायलाई उत्खनन रोक्न पटक पटक आग्रह गर्दा पनि वेवास्ता भईरहेको गुनासो गरेका छन् । आफ’अरुले अवैध उत्खनन् वारे पटक पटक भन्दापनि नसुनेझैं भएको मछेली खोला पर्ने ग्वासी समैजी सामुदायक वनका वन हेरालु तपबहादुर खत्रीले बताए । विगतमा नै उत्खनन गरी जम्मा गरेको बालुवा, गिट्टी ढुवानी गर्ने बाहानामा अहिले पनि गैर कानुनी रुपमा उत्खनन भईरहेको स्थानीय बताउँछन् ।
उता सव डिभिजन कार्यालयमा नदी जन्यपदार्थ उत्खनन् गर्न पुर्ण रुपमा बन्द गरिएको बताउदै नियम विपरित गरेको पाईएमा कारवाही गर्ने सव डिभिजन कार्यालय वाणी कञ्चनपुरका रेञ्जर दुर्गेश धामीले बताए । विगतमा जिल्ला विकास समिति तथा जिल्ला समन्वय समितिले कञ्चनपुरका खोला नालाको बालुवा गिट्टी र ढुङगा उत्खननका लागि ठेक्कामा लगाउने गरेको थियो भने अहिले त्यो जिम्मा स्थानीय तहलाई दिईएको छ ।