सुदूरपश्चिममा कोरोना संक्रमण दर घटेसँगै रिर्पोट आउन बाँकीको संख्या पनि कम हुदै 
2020/07/12, 9:41
 
corona

सुदूरपश्चिममा कोरोना संक्रमण दर घटेसँगै रिर्पोट आउन बाँकीको संख्या पनि कम हुदै गएको छ । यसअघि चार पाँच हजार जनाको स्वाब संकलन गरिएका नमुनाको परिक्षण वाँकी रहने गरेकोमा हाल आएर यो संख्या एक हजार मुनि झरेको छ । अहिले सुदूरपश्चिमका नौँ सय ८ जनाको कोरोना परीक्षणको रिर्पोट आउन बाँकी रहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल डोटीले नमूना संकलन भएका मध्ये नौँ सय ८ जनाको रिर्पोट आउन बाँकी रहेको जनाएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाईएका ६ सय ३१ जनाको रिर्पोट आउँन बाँकी छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा दुई सय ७७ वटा नमूना परीक्षण हुन वाँकी छ । 

प्रदेशमा अहिलेसम्म साढे २५ हजार बढिको पीसीआर विधीबाट परीक्षण भएको छ । स्वास्थ्य निर्देशनालयले धनगढी प्रयोगशाला र काठमाडौँ प्रयोगशालामा गरी २५ हजार ६ सय ४३ जनाको परीक्षण भएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा १३ हजार चार सय २५ र धनगढी प्रयोगशालामा १२ हजार दुई सय १८ जनाको कोरोना परीक्षण भएको हो ।

जस मध्ये अहिलेसम्म तीन हजार नौँ सय १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै प्रदेशमा एक लाख १७ हजार सात सय ३८ जनाको आरडिटी परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।