डडेल्धुरामा खानेपानीको विषयमा भएको झडपका क्रममा बालकको मृत्यु भएपछि १२ जना विरुद्ध किटानी जाहेरी दिईएको छ । आलिताल गाउँपालिका वडा नम्बर ६ मा खानेपानीको विषय भएको विवादका क्रममा स्थानीय गणेश महराका ८ वर्षीय छोराको मृत्यु भएपछि परिवारले १२ जना विरुद्ध किटानी दिएको हो ।
मृतकका बुवा गणेश महाराले वडा नम्बर ६ कै १२ जना विरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक बिरेन्द्र बोहराले बताए । उनका अनुसार किटानी जाहेरी परेका मध्ये १९ वर्षीय भीम खड्का, ५५ वर्षीय नेरु ओली र ३० वर्षीय टीकाराम ओलीलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो ।
पक्राउ परेका मध्ये एक जना विरुद्ध जाहेरी नपरेपछि थुनामुक्त भएका छन् । अन्य ९ जनाको भने खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । खानेपानीको विषयमा विवाद हुँदा भएको झडपका क्रममा घाईते भएका बालकको शनिबार उपचारका क्रममा धनगढीमा मृत्यु भएको थियो ।