सुदुरपश्चिममा थप तीन जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको हो ।
कैलालीका दुई जना र दार्चुलाका एक पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । श्रेष्ठले कैलालीको मोहन्याल गाउँपालिका ३ का ४६ वर्षीय पुरुष, कैलारी गाउँपालिका ७ का २५ वर्षीय पुरुष, नौगाड गाउँपालिका वडा नम्बर ७ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताए।
सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६३ नमूना परीक्षण गरिएको उनले बताए। सुदूरपश्चिम पछिल्लो केही दिन यता कोरोना संक्रमणको दर घट्दो क्रममा रहेको छ। शनिबार कञ्चनपुरका तीन जना र शुक्रबार प्रदेशका विभिन्न जिल्लाका पाँचजनामा कोरोना पुष्टि भएको थियो।
पछिल्लो २४ घण्टामा दुई सय ६३ नमुनाको परिक्षण भएको थियो । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार नौ सय १७ जना पुगेको छ ।