सडक मर्मतको माग गर्दै अवरुद्ध राजमार्ग सुचारु
2020/07/12, 5:24
 
sadak

कैलालीको पहलमानपुर लालबोझी सडक खण्ड मर्मतको माग गर्दै अवरुद्ध राजमार्ग सुचारु भएको छ । प्रदर्शनमा उत्र्रिएको स्थानीयहरुले करिब १ घण्टा अवरुद्ध पारेको राजमार्गमा पुनः सुचारु भएको हो । हिलाम्य पहलमानपुर–लालबोझी सडकखण्डमा सवारी साधन चलाउन नसकिने अवस्था भएकाले तत्काल सडक मर्मतको माग गर्दै दबाबमुलक कार्यक्रम सहित स्थानीयले प्रदर्शन गरेका थिए ।

उनीहरुले नगरपालिकामा माग सहित ज्ञापनपत्र समेत दिएका छन् । वर्षातको बेला सडक हिलाम्य भएकाले मोटरसाईकल र साइकल बाहेकका सवारी साधन सञ्चालन हुन नसक्दा आवतजावतमा निकै सास्ती भोग्नु परेको उनीहरुको गुनासो छ ।  घोडाघोडीका स्थानीयहरुले पहलमानपुर लालबोझी सडक खण्डमा सवारी साधन चलाउन सकिने अवस्था नरहेकाले तत्काल सडक मर्मतको माग गर्दै राजमार्ग अवरुद्ध पारेका थिए ।

पहलमानपुर लालबोझी सडक खण्ड हिलाम्य भएर सवारी साधन समेत सञ्चालन हुन कठिन भएको भन्दै सडक मर्मतको माग गर्दै सडक अवरुद्ध पारेका हुन् । प्रदर्शनमा उत्रिएको स्थानीयहरुले घोडाघोडी नगरपालिकाको वडा नम्बर १०, ११ र १२ का स्थानीयहरुलाई सौतेनी व्यवहार गरेको गुनासो समेत गरेका छन् । प्रदर्शनमा उत्रिएको स्थानीयहरुले करिव एक घण्टा राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएका थिए ।