क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतको सडक निर्माणमा सहयोग पु¥याउने घरधनीलाई उप–महानगरपालिकाले सम्मान गर्ने भएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाएर सहयोग गर्न नगरबासीलाई आग्रह गरेका छन् ।
आफ्नो संरचना आफै हटाउनेलाई उप–महानगरपालिकाले सम्मान गर्ने योजना बनाएको छ नगरप्रमुख वडले भने,‘यस्ता घरधनीको नक्सा दर्तामा छुट, अगाडीको भत्काईएको भागमा रंग रोगन समेत गरिने छ । आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकार भित्र समेत कतिपय निजी संरचना छन् ।
एसियाली विकास बैंकको आफ्नै प्रकृया छ नगरप्रमुख वडले भने, त्यसैले आयोजना निर्माणमा सकारात्मक भूमिका निभाउन म नगरबासी संग अनुरोध गर्दछु । सडक निर्माण भएमा धनगढीको मुहार फेरिने छ नगरप्रमुख वडले भने,‘ यसका लागि नगरबासीहरुको सकारात्मक सहयोग आवश्यक छ ।