सुदुरपश्चिममा २६३९७ जनाको पिसिआर परिक्षण, ७२३ थ्रोट जनाको नतिजा आउन बाँकी 
 
corona

सुदुरपश्चिममा २६३९७ जनाको पिसिआर परिक्षण गरिएको छ । प्रदेशमा प्रदेशमा अहिलेसम्म जम्मा २७ हजार एक सय २० जनाको थ्रोट स्वाव नमुना संकलन भएकोमा आईतबारसम्म २६ हजार तीन सय ९७ को पीसीआर विधिवाट परीक्षण भई नतिजा आइसकेको छ ।

मन्त्रालयका अनुसार अब ७ सय २३ थ्रोट स्वावको मात्र नतिजा आउन बाँकी रहेको छ । यस्तै प्रदेशमा एक लाख १८ हजार दुई सय ३ जनाको आरडिटी परीक्षण गरिएको जनाईएको छ ।