धनगढीमा घर भएको र बैँककको शाखा अधिकृत भन्दै १० लाख ठगीको आरोपमा दुई जना पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ की ४४ वर्षिया महिलालाई १० लाख ठगेको भन्दै दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ का ३२ वर्षिय पदमराज भट्ट र डोटीको आदर्श गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षिया सञ्जाकुमारी कठायत रोकायालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई डोटीको पिपल्लाबाट पक्राउ गरिएको हो। भट्टले पीडित महिलालाई धनगढी उप–महानगरपालिका वडा नम्बर ५मा घर भएको, बुवाको भूकम्पमा मृत्यु भएको, आफु नेपाल बैँक लिमिटेडको शाखा अधिकृत भन्दै तीन करोड ५० लाखकाको लोन पास गर्ने आस्वासन दिएर १० लाख ठगेका थिए। भट्टले पुनः दुई लाख माग गरेपछि पीडित महिला प्रहरीमा आएकी हुन्।
उनीहरुको साथबाट नेपाल बैँक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आई.एम.ईका भौचर समेत बरामद गरिएकाको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षण्क प्रतिक बिष्टले बताए। ठगी शिर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्यादथप समेत गरिएको छ।