हलिया मुक्ति समाजको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी परेको छ। मुक्ति हलिया समाजमा व्यापक भ्रष्टाचार भएको नाता वाद कृपावाद हाबी गर्दै वास्तविक पीडितलाई पुनर्स्थापना नगरी आफन्त र गैर हलियालाइ पुनर्स्थापना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा मुद्दा दायर भएको हो।
पैसाको चलखेल गरी नक्कली हलिया खडा गरेको भन्दै वास्तविक पीडितको छानबिन गरी उचित व्यवस्थापनको माग गर्दै आयोगको कार्यालयमा उजुरी परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा हलिया मुक्ति समाजको नाममा उजुरी परेको सूचना अधिकारीले टोप बहादुर विष्टले जानकारी दिए।
हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले २०६५ सालमा लगतमा भएकाहरूलाई भूमिसुधार मार्फत पुनर्स्थापना भइरहेको बताए। हलिया मुक्ति समाजमा कुनै किसिमको चल खेल नभएको गैर हलियालाई पुनर्स्थापना नगरेको अध्यक्ष शिवि लुहारले बताए। कञ्चनपुरको पुनर्वासका केहि हलिया मुक्ति परिवारले अझै सम्म पुनर्स्थापना पैसा नपाएको भन्दै भूमिसुधार कार्यालय कञ्चनपुरमा धर्ना समेत दिएका छन्।