
कैलालीको पहलमानपुर–लालबोझी सडक मर्मत गर्ने सहमति भएको छ । सडक हिलाम्य भएको भन्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै मर्मतको लागि ज्ञापनपत्र बुझाएपछि नगरपालिकाले तत्कालका लागि सडक मर्मत गरी आवतजावतमा सहजता ल्याउने प्रतिबद्धता जनाएको छ ।

विज्ञप्ती जारी गर्दै घोडाघोडी नगरपालिकाले पहलमानपुर– लालबोझी सडक तत्काल मर्मत गरी दिर्घकालीन रुपमा सडकको स्तरोन्नति गर्ने जनाएको छ । पहलमानपुर लालबोझी सडक खण्ड तत्काल मर्मत गर्ने र आर्थिक बर्ष २०७७÷०७८ कालोपत्रेको लागि पहल गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
हिलाम्य सडकका कारण आवतजावतमा समस्या भएको भन्दै घोडाघोडी नगरपालिका–११ का स्थानीयले एक घण्टाका लागि पहलमानपुरमा पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गरेका थिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34