सुदूरपश्चिममा दुई तिहाई वढी युवालाई कोरोना संक्रमण, कुन उमेर समूहका कति ?
2020/07/14, 11:44
 
corona

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार नौँ सय ३६ पुगिसकेको छ । जसमा ८ जनाले ज्यान समेत गुमाइसकेका छन् भने एक हजार पाँच सय १३ जना संक्रमण मुक्त भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा युवामा बढी कोरोना संक्रमण देखिएको छ । सुदूरपश्चिममा कोरोना संक्रमण देखिएकामध्ये सबैभन्दा बढी २१ देखि ३० वर्षको उमेर समूहमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१० बर्षमूनिका तीन सय २० बालबालिका, ११ देखि २० बर्षसम्मका पाँच सय १३ जना, २१ देखि ३० बर्षसम्मका एक हजार सात सय २७, ३१ देखि ४० बर्षसम्मका ८ सय ११ जनामा  कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै ४१ देखि ५० बर्षसम्मका तीन सय २९ जना, ५१ देखि ६० बर्षसम्मका एक सय ५० जना, ६१ देखि ७० बर्षसम्मका ५९ जना, ७१ देखि ८० बर्षसम्मका १८ जना र उमेर नखुलेका ८ जनामा कोरोना पुष्टि भएको छ ।