सुदूरपश्चिममा प्रयोगशाला स्थापनामा ढिलाई, सामाजिक विकास मन्त्रीले ठगे (भिडियो सहित)
2020/07/14, 2:12
 
mantri

कोभिड–१९ को रोकथाम र उपचार व्यवस्थापनको प्रयासस्वरुप नमूना परिक्षणको लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ।  

प्रदेश सरकारले गएको चैत महिनामा कोभिड–१९ को रोकथाम उपचार व्यवस्थापनका लागि प्रदेशका बैतडी र डोटी जिल्लामा एक/एक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। प्रयोगाशाला स्थापना नहुँदा कोभिड–१९ का शङ्कास्पद नमूना जाँचका लागि अन्य जिल्लामा पठाउनुपर्ने अवस्था छ।

यता सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पिसिआर मेसिन ल्याउने भन्दै पटक पटक ठगेका छन् । यसअघि मन्त्री सुवेदीले असार १० गते पिसिआर मेसिन आउने भन्दै ठगेका छन् । आरडिटी परिक्षण भरपर्दो नभएको भन्दै नेपाली काग्रेंस गौरीगंगा समितिले ज्ञापन पत्र वुझाउने क्रममा सामाजिक विकास मन्त्रीले असार १० गतेसम्म पिसिआर मेसिन ल्याउने बताएका थिए । तर अहिलेसम्म पनि मेसिन मेसिन पुगेको छैन् । यदपी मेसिनका लागि आवश्यक सामाग्रीहरु धनगढी पुगेका छन् । 

थप तीन वटा प्रयोगशाला सञ्चालनका लागि उपकरण खरिदको प्रक्रिया अगाडी वढिरहेको बताएका मन्त्री सुवेदीले भनेको समयमा मेसिन नआउँदा जनतालाई ठगेको भन्दै आक्रोस पनि वढेको छ । सुदूरपश्चिमको मन्त्री परिषद्ले गरेको निर्णय अनुसार तीन वटा प्रयोगशाला स्थापनाका लागि टेण्डर आह्वान भईसकेको प्रदेश आपुर्ति केन्द्रले जनाएको छ ।

मन्त्री सुवेदीले असार दोस्रो सातासम्म बैतडी, डोटी र कैलालीमा मेसिन जडान गरेर सञ्चालनमा ल्याउने आश्वासन दिएका थिए । उनले छोटो अवधि राखेर खरिद प्रक्रिया गर्न खोजिए पनि सार्वजनिक खरिद कार्यालयले अस्वीकार गरेपछि एक महिनाको समय राखेर टेण्डर आह्वान भएको बताएका थिए ।

सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रले धनगढीको पशुपक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटी–पीसीआर मेसिनकै क्षमताका तीन वटा मेसिन खरिदका लागि सम्झौता गरिएकोमा सामान आउने क्रम जारी रहेको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले बताए ।