घरको छतबाट लडेर गम्भिर घाईते भएका कैलालीका एम्बुलेन्स चालक रमेश मल्लको उपचारमा समस्या भएको छ। आर्थिक अभावका कारण उनको उपचारमा समस्या भएपछि सहयोगको लागी अभियानको सुरुवात गरिएको छ।
‘एम्बुलेन्स चालक रमेश मल्ल बचाउ अभियान’ नाम दिई मल्ललाई बचाउन आवश्यक सहयोग जुटाउन थालिएको हो। गोदावरी नगरपालिका–२ का मल्ल विगत १० वर्षदेखि अत्तरियामा एम्बुलेन्स चालकको रुपमा कार्यरत छन्।
असार ७ गते घरबाट लडेर घाइते भएका मल्लको धनगढी तथा नेपालगञ्जमा उपचार सम्भव नभएपछि भक्तपुरमा रहेको मेडिसिटि अस्पतालमा भर्ना गरिएको छ। हालसम्म उपचारमा करिब २० लाख भन्दा बढी खर्च र्भसकेको र रकम अभावले उपचारमा समस्या देखिन थालेपछि अभियान थालेको अभियानका संयोजक रामचन्द्र भट्टले बताए।
उनले सहयोगलाई सबैलाई अपिल गरेका छन्। एम्बुलेन्स चालक रमेश मल्ल बचाउ अभियानमा सहयोग गर्न चाहने सहयोगीदाताहरुले अत्तरियामा शाखा कार्यालय रहेको प्रभु बैंक लिमिटेडको खाता नम्बर १७९०१५०२५०९०००१० मा जम्मा गरिदिन वा निम्न लिखित व्यक्तिहरुलाई सम्पर्क गरिदिन हुन भट्टले अनुरोध गरेका छन। साथै अन्य उनले निम्नानुसारका सम्पर्क नम्बर समेत उपलब्ध गराएका छन्।
१. राम चन्द्र भट्ट ९८४८६२२०८१
२. बालकृष्ण ओझा ९८४८४७९३०६
३. रमेश मल्ल ९८४८४९७१५८
४. भिम ब. बोहरा ९८४८५४५१९७
५. बिर ब. देउवा ९८४८८०५११७